(१) पर्वतारोही दलले प्रयोग गरेका वस्तुबाट भएको फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनको लागि फोहरमैलालाई देहाय बमोजिम वर्गीकरण गरिएकोछ :–
(क) नष्ट गर्न सकिने फौहोरमैला,
(ख) पुन प्रशोधन गर्न सकिने फौहोरमैला,
(ग) पुन निकासी गर्नु पर्ने फोहरमैला ।
(२) उपनियम (१) बमोजिमको फोहरमैला अन्तर्गत पर्ने वस्तुहरू अनुसूची–१० मा उल्लेख भए बमोजिम हुनेछ ।
(३) पर्वतारोही दलले उपनियम (१) को खण्ड (क) बमोजिमको फोहरमैला नेपाल सरकारले कुनै क्षेत्रमा फोहरमैला व्यवस्थापनको कार्य गर्न कुनै निकाय वा संस्थालाई तोकिदिएको भए सोही निकाय वा संस्थाको रोहबरमा र त्यस्तो निकाय वा संस्था नतोकिएको भए सम्पर्क अधिकृत वा सम्बन्धित स्थानीय तहका प्रतिनिधिको रोहबरमा र सम्पर्क अधिकृत वा स्थानीय निकायका प्रतिनिधि पनि नभएमा सरदारको रोहवरमा सार्वजनिक ठाउँलाई प्रतिकूल असर नपर्ने गरी नष्ट गर्नु वा खाडलमा पुर्नु पर्नेछ ।
(३क) आधार शिविरभन्दा माथि दिसा पिसाबको
व्यवस्थापनका लागि पर्वतारोही दलका सदस्यले जैविक
रुपमा नष्ट हुने शौच थैली (बायोडिग्रेडेबल पुप व्याग)
को प्रयोग गर्नु पर्नेछ र त्यस्तो शौच थैली उपनियम
(३) बमोजिम नष्ट गर्नु वा पुर्नु पर्नेछ।
(४) पर्वतारोही दलले उपनियम (१) को खण्ड (ख) बमोजिमको फोहरमैला काठमाडौंमा ल्याई नेपाल सरकारले तोकेको निकाय वा संस्थामा बुझाउनु पर्नेछ ।
(५) पर्वतारोही दलले उपनियम (१) को खण्ड (ग) बमोजिमको फोहरमैला आफ्नो देशमा लैजानु पर्नेछ ।